• ४ साउन २०८३, सोमबार
  • ८:२५ बेलुका

तनावमा हुनुहुन्छ रु चकलेट खानुहोस्

प्रकाशित मिति

२०७७ पुष ४ गते, शनिबार ०१:०७

एजेन्सी. बच्चादेखि वृद्धवृद्धासम्म, चकलेट खान मन नपराउने मानिस सायदै कोही होला । स्वादका लागि मात्रै होइन् चकलेटले हामो स्वास्थ्य र सौन्र्दयलाई समेत फाइदा पुर्‍याउँछ । यस्तै, विभिन्न अध्यनअनुसार चकलेट खाँदा तनाव पनि कम हुन्छ ।

बजारमा विभिन्न प्रकारका चकलेटहरु पाइन्छ । त्यसमध्ये सबैभन्दा राम्रो डार्क चकलेट मानिन्छ । डार्क चकलेटमा सुगरको मात्रा कम हुने भएकाले यो कलेट स्वास्थको लागि धेरै नै लाभदायक हुन्छ ।

Kamana Sewa

जान्नुहोस् चकलेट खाँदा मिल्ने फाइदा

Classic Tech Desktop

तनाव कम गर्छ
तपाईं कुने प्रकारको तनावमा हुनुहुन्छ भने चकलेट तपाईंको त्यस्तो साथी हो जसले तपाइँलाई केही क्षणमै तनावमुक्त बनाउन सहयोग गर्छ ।

छालालाई स्वास्थ्य राख्छ

चकलेटमा एन्टी अक्सिडेन्टको गुण भरपुर हुन्छ जसले तपाईंको छालामा देखिने ढल्कँदै गरेको उमेरको लक्षणहरु, चाँया र दागहरु कम गर्छ । साथै तपाईंको छाला र अनुहार जवान देखाउँछ ।

कोलेस्ट्रोल कम गर्छ

शरीरमा हुने एलडिएन कोलेस्ट्रोल अर्थात नराम्रो कोलेस्ट्रोललाई कम गर्नको लागि चकलेट धेरै नै उपयोगी हुन्छ । यसले कोलेस्ट्रोललाई कम गरेर मोटोपना घटाउँछ ।

स्मरण शक्ति तृज हुन्छ

एक अध्ययनका अनुसार दैनिक २ कपतातो चकलेट ड्रिंक पिउनाले दिमाग स्वस्थ हुन्छ र स्मरणशक्ति तेज हुन्छ । चकलेटले दिमागमा रक्त सञ्चार राम्रो हुन्छ ।

मुटुसम्बन्धी रोगबाट बचाँउछ

चकलेटको सेवनले मुटुरोगको सम्भावनालाई कम गर्छ ।

प्रतिकृया