• ७ असोज २०८३, बुधबार
  • ४ः४६ बेलुका

पीडित खोज्दै प्रहरी

प्रकाशित मिति

२०७७ मंसिर २६ गते, शुक्रबार ०९:२७

काठमाडौं, मंसिर २६ । मानव बेचबिखन नेपालको मात्र नभएर अहिले विश्वको साझा समस्या बन्न पुगेको छ । विश्वमा अहिले तस्करी हुनेमध्ये मानव तस्करी तेस्रो स्थानमा आउने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।

National Life

नेपालमा केही दशकअघिसम्म नेपालबाट भारतमा महिलाको बेचबिखन हुने गरेको थियो भने २०४६ को परिवर्तनपछि विस्तारै मानव बेचबिखन तथा तस्करी तेस्रो मुलुकमा समेत हुन थालेपछि यो समस्या राज्यको टाउको दुखाइको विषय बन्न पुगेको थियो ।

नेपालबाट भारतका विभिन्न वेश्यालयमा नेपाली चेली बेचिने क्रमले तीव्रता पाउन थालेपछि सरकारले नेपाल प्रहरीलाई यसको नियन्त्रण गर्ने जिम्मा दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रहरी प्रधान कार्यालयले मानव बेचबिखन नियन्त्रण गर्न मानव बेचबिखन अनुसन्धान ब्युरो गठन गरेर विगतदेखिका यस्ता काममा संलग्न रहेका अभियुक्तलाई पक्राउ गर्ने क्रमलाई तीव्रता दिएको छ ।

ब्युरोले बितेको ७ महिनामा मानव बेचबिखनमा संलग्न रहेका १ सय ३८ जनालाई कारबाहीको दायरामा ल्याएको छ । ब्युरोले पीडितको बयानका आधारमा पीडकको पहिचान गरे पनि पीडितलाई फेला पार्न नसक्दा ३५ जना अभियुक्त अहिले खुलेआमरुपमा हिँडिरहेको निष्कर्ष निकालेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

प्रतिकृया