• २६ भदौ २०८३, शुक्रबार
  • १२ः०४ राती

ललितपुरका सबै विद्यालयहरू पुसको पहिलो सातादेखी पठनपाठन सुरु

प्रकाशित मिति

२०७७ मंसिर २५ गते, बिहीबार ०८:४७

ललितपुर, ललितपुर महानगरपालिकाले माहानगरभित्रका सबै विद्यालयहरू पुसको पहिलो सातादेखि खोल्ने निर्णय गरेको छ। महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको अध्यक्षतामा मंगलबार बसेको महानगर शिक्षा समितिको बैठकले कोरोना भाइरस (कोभिड –१९)को जोखिमका कारण आठ महिनादेखि बन्द विद्यालय पुसको पहिलो सातादेखि विद्यालयमै विद्यार्थी बोलाएर पढाउने निर्णय गरेको शिक्षा समितिका सदस्यसचिव महेन्द्र क्षत्रीले जानकारी दिएका हुन्।

National Life

महानगरभित्रका विद्यालयले शिक्षण सिकाइका वैकल्पिक माध्यम अनलाइन कक्षा सञ्चालन गरे पनि प्रभावकारी नभएपछि बालबालिकाको सिकाइमै नकारात्मक असर परेको र सिकाइ नै नभएछि सरकारले कात्तिक २० गते जारी गरेको विद्यालय पुनः सञ्चालन कार्य ढाँचामा आधारित रहेरै महानगर शिक्षा समितिले विद्यालयमा बालबालिका बोलाएर पठनपाठन गराउने निर्णय गरेको हो।

प्रतिकृया