• ९ असोज २०८३, शुक्रबार
  • ४ः५७ बेलुका

डीडीसीको घिउ जापान निर्यातः चारदेखि पाँच सय मेट्रिक टन लाने सम्झौता

प्रकाशित मिति

२०७७ मंसिर २२ गते, सोमबार ०७:३८

काठमाडौं, दुग्ध विकास सं‚थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यात हुन थालेको छ । कोभिड–१९ को सुरुवातसँगै निर्यात हुन थालेको घिउ हालसम्म १७ हजार लिटर जापान गइसकेको छ ।

National Life

अझै १५ हजार लिटरको अर्डर भएको डीडीसीका महाप्रबन्धक रुद्रमणि पौडेलले बताए । जापानका व्यापारीले नेपालका व्यापारीसँग सम्पर्क गरी घिउ लाने गरेको उनले बताए । जापानका व्यापारीहरू नेपाल आएर डीडीसीको कारखाना अवलोकन गरी उत्पादन प्रक्रिया तथा गुण‚तर हेरेपछि घिउ लान तयार भएको डीडीसीका योजना तथा बजार व्यव‚थापन विभाग प्रमुख सञ्जीव झाले बताए ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले गुण‚तरको प्रमाणित गरेपछि जापानका व्यापारी घिउ लैजान तयार भएका हुन् । डीडीसीले जापानी व्यापारीको उपस्थितिमा यहाँबाट निर्यात गर्ने व्यापारीसँग सम्झौता गरेको छ । प्रत्येक महिना चार–पाँच सय मेट्रिक टन घिउ लग्ने सम्झौता भएको प्रमुख झाले बताए ।
गोरखापत्र दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया