• ७ असोज २०८३, बुधबार
  • ४ः५१ बेलुका

पार्टी एकताको पक्षमा बलबर्कतले भ्याएसम्म लड्छु’

प्रकाशित मिति

२०७७ मंसिर १७ गते, बुधबार ०९:१५

काठमाडौं, मंसिर १७ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘लाञ्छना र आरोपपत्र’को छलफल सचिवालय बैठकमा हुन नसक्ने भएकाले त्यसलाई फिर्ता लिनुपर्ने अडान राखेका छन्।

National Life

अध्यक्ष ओलीले सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्ताव ‘लाञ्छना, आरोप, कुण्ठा र प्रतिशोध’को पोका मात्र भएकाले त्यसलाई फिर्ता लिएर सहमतिको बाटोबाट अगाडि बढ्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सचिवालय बैठक अगाडि बढाउन अर्का अध्यक्ष दाहाललाई आग्रह गर्दैै दाहालद्वारा प्रस्तुत कुण्ठा, आग्रह, पूर्वाग्रहसहितको आरोपपत्रलाई स्वीकार नगर्ने स्पष्ट पारेस्रोतका अनुसार अध्यक्ष ओलीले पार्टी सङ्गठन, विधान, विधि र प्रक्रिया विपरीत कुन बैठकको निर्णय अनुसार प्रस्ताव छापेर बाँडिएको हो भन्दै प्रश्न गर्नुभएको थिए । गोरखापत्र दैनिकबाट

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया