• ८ असार २०८३, सोमबार
  • ११:०१ बेलुका

पिकअप दुर्घटना, दुई जनाको मृत्यु

प्रकाशित मिति

२०७७ मंसिर १५ गते, सोमबार ०७:५२

इलाम, इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था जटिल रहेको स्थानीय जनप्रतिनिधि कृष्ण कुमार राईले जानकारी दिए । पिकअपका चालक समेत गम्भिर घाईते भई इलाम अस्पताल ल्याउँदै गरेको राईले जानकारी दिए ।

सोमबार दुर्घटना भएको पिकअप नम्बर समेत थाहा हुन सकेकोे छैन । पिकअप लुम्देस्थित कुलुङ्गे ट्रनिङबाट करिब हजार मिटर तल खसेको राईको भनाई छ । समाचार तयार पार्दा सम्म मृतकको नाम समेत खुल्न सकेको छैन ।

Kamana Sewa

प्रतिकृया