• १५ असोज २०८३, बिहीबार
  • १२ः१८ दिउँसो

सुर्खेतबाट पक्राउ परे एमाले उपाध्यक्ष विष्णु पौडेल, अनुसन्धानका लागि काठमाडौं ल्याइँदै

प्रकाशित मिति

२०८३ असार ८ गते, सोमबार ०७:२३

८ असार २०८३ काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ परेका छन्। वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

National Life

कार्यक्रममा एमालेका वरिष्ठ नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा र रामबहादुर थापा ‘बादल’ समेत उपस्थित थिए। प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका पौडेललाई सुर्खेतबाट नेपालगञ्ज लगिएको छ। काठमाडौंका लागि तत्काल सिधा हवाई उडान उपलब्ध नभएकाले उनलाई सडकमार्ग हुँदै नेपालगञ्ज पुर्‍याइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुरप्रसाद पोखरेल नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएर सरकारी गाडीमार्फत नेपालगञ्जतर्फ लगेको हो। प्रहरीका अनुसार पौडेललाई आजै थप अनुसन्धानका लागि काठमाडौं पठाइने तयारी गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया