• १२ असोज २०८३, सोमबार
  • २ः३९ राती

सडकका सिसीटिभी र सौर्य बत्ती मर्मत

प्रकाशित मिति

२०७७ मंसिर ६ गते, शनिबार १०:२३

बैतडी, जिल्लाको पाटन नगरपालिका बजार क्षेत्रमा बिग्रिएका सिसीटिभी क्यामेरा र सौर्य सडक बत्ती मर्मत गरिएको छ । बजार क्षेत्रका सिसीटिभी क्यामेरा मर्मत भएका र यसले अपराध न्यूनीकरणमा समेत सहयोग पुग्ने इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए ।

National Life

उनले भने, “बजार क्षेत्रमा भइरहेका गतिविधिका बारेमा सिसीटिभी क्यामेराबाट थाहा भइरहेको हुन्छ । त्यसको कन्ट्रोल प्रहरीसँग भएकाले केही अवाञ्छित क्रियाकलाप भएमा तुरुन्त एक्सन लिन सजिलो हुन्छ ।” नगरपालिकाको बजार क्षेत्रका सिसीटिभी क्यामेरा मर्मत कार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए । यस्तै बजार क्षेत्रका सौर्य सडक बत्ती मर्मतको कामसमेत भइरहेको उनले बताएका छन् ।

पाटन बजार क्षेत्रमा विसं २०७३ मा १३ ठाउँमा रु १३ लाख ५० हजारको लागतमा सौर्य सडक बत्ती जडान गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

सङ्घीय सरकारको रु १० लाख, पाटन नगरपालिकाको रु दुई लाख र स्थानीयको रु डेढ लाखमा सौर्य सडक बत्ती जडान गरिएको थियो । यस्तै करिब रु पाँच लाखमा विसं २०७६ को असारमा पाटन बजारका ११ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएका थियो ।
रासस

प्रतिकृया