• २५ भदौ २०८३, बिहीबार
  • १०ः५१ राती

मन्त्रिपरिषद बैठक एक घण्टा सर्यो, बालुवाटारमै सचिवालय बैठक

प्रकाशित मिति

२०७७ मंसिर ३ गते, बुधबार १२:११

काठमाडौं, मंसिर ३ । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक समयलाइ एक घण्टा पछाडि सारेका छन् । नेकपा सचिवालयको बैठक समय जुधिएपछि ओलीले एक घण्टा पछि मन्त्रिपरिषदको बैठक सारेका हुन् ।

National Life

पूर्वनिर्धारित समय आज दिउँसो १ बजे सचिवालय बैठक बस्ने अडानमा पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितका बहुमत सदस्य देखिएपछि त्यसलाई छल्न ओलीले त्यही समयमा मन्त्रिपरिषद बैठक बोलाएका थिए । तर चौतर्फी दबाब सिर्जना भएपछि ओलीले मन्त्रिपरिषद बैठक एक घण्टा पछि सारेका हुन् ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने बताएका छन् । पूर्वनिर्धारित समयमै सचिवालय बैठक बस्ने उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया