• १० भदौ २०८३, बिहीबार
  • १०:०५ बिहान

पार्टी एकता जीवन्त राख्ने आधार सम्पूर्ण रुपमै समाप्त पारेजस्ताे देखियाे :बाँस्कोटाको टिप्पणी

प्रकाशित मिति

२०७७ कार्तिक २९ गते, शनिबार ०१:१८

काठमाडौं, २९ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक सांगठनिक र मनोवैज्ञानिक आधार सम्पूर्ण रुपमै समाप्त पारेजसतो देखिएको टिप्पणी गरेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनलाई लक्षित गरेर बाँस्कोटाले यस्तो टिप्पणी गरेका छन् ।

Kamana Sewa

सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले यस्तो लेखेका छन्,”अविस्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणीत आराेपकाे पुलिन्दा हेर्दा अब पार्टीकाे एकता जीवन्त राख्ने राजनीतिक,सांगठनिक र मनाेवैज्ञानिक आधार सम्पुर्ण रूपमै समाप्त पारेजस्ताे देखियाे।फिर्ता लिने वा गंभीर तनावकाे यात्रा राेज्ने?मर्जी आफ्नै त हाे!”

Classic Tech Desktop

 

प्रतिकृया