• २ असार २०८३, मंगलबार
  • १:३४ बिहान

स्वास्थ्य क्षेत्रमा गुणात्मक फड्को मार्न सफलः सांसद बस्नेत

प्रकाशित मिति

२०७७ कार्तिक २७ गते, बिहीबार ०९:५२

भक्तपुर, संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरको सडकमा कोही भोकै बस्नु नपर्ने बताउनु भएको छ । यस्तै सांसद बस्नेतले कोभिड–१९ को महामारीका बिच नेपालको स्वास्थ्य क्षेत्रमा गुणात्मक फड्को मारेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज भक्तपुरमा आयोजना गरेको कोभिड–१९ ले पारेको प्रभाव र नागरिक समाज तथा सञ्चार जगतको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । कोभिडको सम्बन्धमा सरकार गैर जिम्मेवार नभएको बताउदै उहाँले तीन तह कै सरकार मिलेर स्वास्थ्य, विकासका काम अगाडि बढाएको बताउनुभयो ।

शिक्षाको क्षेत्रमा भने सुधार आवश्यक भएको औल्याउदै उहाँले अब कसरी कक्षालाई भौतिक, सामाजिक दूरी निरन्तरता दिने भनेर लाग्नु पर्ने बेला आएको औल्याउदै उहाँले शिक्षालाई पनि पब्लिक, प्राइभेट पार्टनरसिपको अबधारणामा लैजानु बताउनुभयो ।

Kamana Sewa

कोरोना कहरका बेलामा भारतसंगको व्यापार घाटा सन्तुलन भएको, नेपालमा आयात घटेको, कृषिमा आत्मनिर्भर बन्दै अर्थतन्त्र बलियो बन्दै गएको उहाँले चर्चा गर्नुभयो ।

Classic Tech Desktop

कोरोनाका कारण ओरालो लागेको अर्थतन्त्रलाई उकास्नेदेखि किताबको कर हटाउने, बन्द उद्योग खोल्नेबारेमा सरकार अगाडि बढेको भन्दै सांसद बस्नेतले नागरिक समाज र राज्य सहकार्य गरेर अगाडि बढ्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले आलोचनात्मक दृष्टिकोणलाई त्यागेर रचनात्मक सञ्चार जगातको आवश्यकता रहेको बताउदै उहाँले पत्रकार र सञ्चार क्षेत्रको समस्इा समाधानका लागि सरकार प्रतिबद्ध भएर अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका कावा अध्यक्ष जयराम थापाले देशको बिपत्तिमा गैससको भूमिका महत्वपूर्ण रहेको औल्याउनुभयो । नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले अहिलेको समस्यामा शिक्षकको भूमिका गौण भएको र उनीहरुको भूमिका शून्य भएको बताउनुभयो । सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी बढी भएको बताउदै सञ्चार माध्यमले त्यसलाई चिर्नु पर्नेमा जोड दिनुभयो ।

त्यसअवसरमा नेपाल बार एशोसियसन भक्तपुरका अध्यक्ष रबिन्द्र प्रधानले कोभिडसंग भागेर भन्दा पनि स्वास्थय सचेतना अपनाएर सबै क्षेत्र खुल्दै जानु पर्नेमा जोड दिनुभयो ।

चाँगुनारायण नगरपालिकाका महिला विकास अधिकृत निला घिमिरेले कोभिड–१९ ले कतिपयलाई छाक टार्नलाई समस्या परेको बताउदै मनोसामाजिक परामर्श अत्यावश्यक रहेको भनाइ राख्नुभयो ।

कार्यक्रममा इन्सेक वागमति प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले कोरोनाले शिक्षा, स्वास्थ्य, खाद्य र विकासमा पारेका असरकाबारेमा नागरिक समाज र सञ्चारकर्मीको भूमिका प्रभावकारी हुने बताउनुभयो ।

कार्यक्रमका सभापति एवं इन्सेक वाग्मति प्रदेशका संयोजक कृष्ण गौतमले नागरिक समाज एकिकृत ढंगले लाग्नु पर्नेमा जोड दिदै कोरोनाले शिक्षा, विकास, स्वास्थ्य र हिंसालाई निकै प्रभाव पारेको बताउनुभयो ।

प्रतिकृया