• १२ असार २०८३, शुक्रबार
  • ८:५८ बिहान

आलुको बोक्रा लाभदायक? कसरी?

प्रकाशित मिति

२०७७ कार्तिक २५ गते, मंगलवार ०६:३३

काठमाडौं, आलु त तरकारीको राजा नै हो । यो हरेक भान्साको शान हो । अनि अधिकांश मान्छेले आलुको बोक्रा ताछेर मिल्काउँछन् । तर तपाईंलाई थाहा छ रु आलुभन्दा बढी गुणकारी यसको बोक्रा हुन्छ नि ।

आलुको बोक्रामा भएका कैयौं तत्व स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । यसमा भएको फाइबर र अन्य पोषक तत्वले आलुलाई स्वस्थकर बनाउने हो । नभए त आलु आफैंमा साधारण खानेकुरा हो ।
यसका अरू फाइदा जानिराखौंः

Kamana Sewa

 

Classic Tech Desktop

१. रोगप्रतिरोधक क्षमता बढाउने
आलुको बोक्रामा अत्यधिक मात्रामा भिटामिन सी पाइन्छ जसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

२. तौल घटाउने
हुन त आलु मात्र खानुभयो भने तौल बढ्छ तर बोक्रासमेत खानुभयो भने चाहिँ तौल कम हुन्छ । बोक्रामा कम मात्रामा फ्याट हुन्छ जसले तौल घटाउँछ ।

३. क्यान्सरबाट बचाउँछ
आलुको बोक्रामा फाइटोकेमिकल हुन्छ जसले क्यान्सरबाट बचाउँछ । यसका अलावा यसमा भएको एसिडले क्यान्सरको सम्भावना घटाउँछ ।

४. कोलेस्ट्रोल घटाउँछ
शरीरमा खराब कोलेस्ट्रोल बढ्यो भने मुटुरोग लाग्छ । आलुको बोक्रामा भएको फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्छ ।

५. छाला डढ्दा लाभदायक
छाला डढ्दा आलुको बोक्रा दल्नुभयो भने धेरै आराम हुन्छ ।

प्रतिकृया