• २५ भदौ २०८३, बिहीबार
  • ८ः४६ राती

पहिला लेक मै ठिक थियो पछि बेसी बनायो

प्रकाशित मिति

२०७७ कार्तिक २२ गते, शनिबार ०३:२९

 समाजसेवी  ज्योती_केसि

National Life

पहिला लेक मै ठिक थियो पछि बेसी बनायो
अनि त्यही मान्छेलाई समयले परदेशी बनायो
भौगोलिक सुन्दरता यसरी कुरुप हुँदै गएछ
जब डाडाले पहाडि अनि सम्मले मधेशी बनायो !!

आज पुर्वेली कविताहरुमा प्रशस्त गाइएको तर गिनिज अफ वल्र्ड बुकमा लेख्न नभ्याइएको पृथ्वीको स्वर्ग हो मेरो देश नेपाल । 126 जाती ती जातीका पनि फरक फरक भाषा,धर्म,सस्कृती र सभ्यता अनि दुल्लु देखि विजयपुर सम्मका सास्कृतिक सम्पदा यो ब्रह्माण्ड बाहेक अन्त कहि छ्न ।

Classic Tech Mobile
Classic Tech Desktop

यो भुगोलमा एउटा त्यस्तो मात्र  स्थल देखाइदिनुस मलाइ एउटा मात्र देश देखाइदिनुस यो पुरै पृथ्वीमा जहाँ समुन्द्र सतह देखि 8848 मिटर उचाइको सगरमाथा र 70 मिटर उचाइको केचना केवल 200km भन्दा कम दुरिमा अवस्थित होस । धरान ,भेडेटार,फेवाताल,पातलेझाङ्गो प्रकृतिका अनुपम उपहार । बर्षमा 365 दिन त्यो भन्दा बढी मेला,पर्व, र जात्रा बिश्वको सबभन्दा प्रशन्न हुने देवतुल्य मान्छे हौ हामि । हामी बिभिन्न पर्यटन महोत्सवहरु आयोजन गर्छौ तर विदेशी रक्सिले प्रायोजन गरेको हुन्छ अरे तिनपाने चखाइ दिउन पाहुनालाइ अमेरिकन कक्टेल नलाग्दा नेपाल झलझली याद आवस । जुवा खानाहरुको प्रचार प्रसार गरेर मिलियन पर्यटक भित्राइ दिन्छ अमेरिकाले अनि हामिले Lite of Asia जन्मेको कपिलवस्तु समेत सन्सारलाई चिनाउन सकेनौ परिणाम भारतले आज पनि दाबी गर्छ गौतम बुद्ध भारतको हुन भनेर । देश लुट्न मात्र हैन बनाउन पनि लागौ । जनताको मत र बिश्वास को कदर होस ।

 

 

प्रतिकृया