• ९ असार २०८३, मंगलबार
  • २:२५ बिहान

राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गर्दै

प्रकाशित मिति

२०७७ कार्तिक २० गते, बिहीबार ०९:४३

काठमाडौं, बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बिहीबार ढाका प्रस्थान गर्ने भएका छन् । ढाका जाने ३४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ ९एन्फा०का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले बिदाई गरे । टोलीलाई बिदाई गर्दै नेपालको राष्ट्रिय झन्डा सदस्यसचिव सिलवालले गोलरक्षक किरण चेम्जोङ र फरवार्ड भरत खवासलाई संयुक्त रूपमा हस्तान्तरण गरे ।

बंगलादेश जाने टोलीमा २५ खेलाडी र ९ जना अफिसियल तथा पदाधिकारी छन् । टोलीका मुख्य सदस्य रोहित चन्द चोटका कारण टोलीमा समावेश छैनन् । यस्तै, अन्य ७ खेलाडी कोरोनाका कारण टोलीमा रहनेछैनन् । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले १२ कात्तिकबाट प्रशिक्षण थालेको थियो । ३५ जनालाई बन्द प्रशिक्षणमा राख्दा दुई चरणमा सात जनामा कोरोना पोजेटिभ देखिएको थियो । नेपाली टोली

Kamana Sewa

ढाका पुगेर होटेलमा नै क्वारेन्टिन बस्नेछ । कोरोना परीक्षणपछि मात्रै टोलीको प्रशिक्षणको मौका पाउनेछ । नेपालले १३ र १७ नोभेम्बरमा ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

Classic Tech Desktop

 

प्रतिकृया