• 1:19 am

विहार विधानसभा चुनावः मोदीको महामारीयता परीक्षा

प्रकाशित मिति

October 28, 2020

एजेन्सी, भारतको विहार राज्यको विधानसभा चुनाव शुरु भएको छ । तीन चरणमा सम्पन्न हुने चुनावको आज पहिलो चरण हो । आजको चुनावमा विधानसभाको २ सय ४३ मध्ये ७१ सिटका लागि मतदान भइरहेको छ ।

नेपालसँग सीमा जोडिएको विहार विधानसभाको चुनाव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि परीक्षा मानिएको छ । महामारीयता उनको ब्यालेटबाट पहिलोपटक टेष्ट हुँदैछ । सात करोडभन्दा बढीसँग मताधिकार रहेको विहारमा बेरोजगारी घटाउने, भ्रष्टाचार अन्त गर्ने र विकास दिने मुख्य नारा रहेको छ ।

विहार चुनावमा मोदीको दल भारतीय जनता पार्टी र वर्तमान मुख्यमन्त्री नितिश कुमारको दल जनता दल युनाइटेडबीच गठबन्धन छ । यो गठबन्धनविरुद्ध कँग्रेस आईका अलावा लालु यादवका छोराले नेतृत्ग गरेको दल राष्ट्रिय जनशक्ति पार्टीले कडा चुनौती दिने आँकलन गरिएको छ ।

कोरोना भाइरसको महामारीबीच विहारमा चुनाव शुरु भएको छ । चुनावको मतपरिणाम १० नोभेम्बरबाट आउन थाल्नेछ । यसले मोदीको लोकप्रीयता बढेको या घटेको समेत निक्र्यौल हुनेछ । त्यसैले सत्तारुढ भाजपाले विहार चुनावलाई निकै महत्वका साथ हेरेको छ ।

 

प्रतिकृया