• १० असोज २०८३, शनिबार
  • ५ः३६ बेलुका

युरोपमा फेरि कोरोनाको महामारी, एक सातामा ४० प्रतिशतले बढे संक्रमित

प्रकाशित मिति

२०७७ कार्तिक १२ गते, बुधबार ०९:१५

एजेन्सी- युरोपमा कोरोना भाइरसको दोस्रो लहर तीव्र गतिमा फैलिएको छ ।

National Life

अघिल्लो साताभन्दा युरोपमा संक्रमितको संख्या ४० प्रतिशतले बढेको विश्व स्वास्थ्य संगठनलाई उधृत गर्दै बीबीसीले जनाएको छ।

 

Classic Tech Mobile
Classic Tech Desktop

सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदर्ल्याण्डस्‌ र रुसमा धेरै सङ्क्रमित देखिएको बताइन् । संक्रमितको संख्या एक तिहाइले वृद्धि भएको ह्यारिसले बताइन्।

युरोपमा सबैभन्दा धेरै संक्रमित भएको रुसमा पछिल्लो २४ घण्टामा ३२० जनाले ज्यान गुमाएका छन् । योसँगै रसियामा कोरोनाले मृत्यु हुनेको संख्या २६ हजार ५८९ पुगेको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा ३३ हजार ४१७ जनामा संक्रमण पुष्टि भएको छ भने ५२३ जनाको मृत्यु भएको छ ।

स्पेनले नियन्त्रणका लागि कडा प्रतिबन्धको घोषणा गरिसके पनि संक्रमण रोकिएको छैन । त्यहाँ पछिल्लो २४ घण्टामा १८ हजार ४१८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै बेलायामा २२ हजारभन्दा बढी इटालीमा २१ हजार ९९४ र जर्मनी १३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

बेल्जियमका अस्पतालहरूमा संक्रमितको चाप बढेपछि त्यहाँ सङ्क्रमित चिकित्सकलाई पनि नियमति काम गर्न सरकारले आग्रह गरेको छ।

बेल्जियममा पछिल्लो २४ घण्टामा १२ हजार ६८७ जनामा संक्रमण पुष्टि भएपछि संक्रमित संख्या ३ लाख ३३ हजार ७१८ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा युरोपमा २ लाख २३ १९२ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ७५७ जनाको मृत्यु भएको छ ।

प्रतिकृया