• २१:०४ २०८० चैत्र १६ गते
  • 9:04 pm

सिकालीको प्रसाद सरकार प्रमुखलाई

प्रकाशित मिति

२०७७ कार्तिक ९ गते, आईतवार ०६:००

44 1 e1603627987860

काठमाडौं , । सिकालीका देवता खलकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिकाली जात्राकोे प्रसाद प्रदान गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित विशेष समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद हस्तान्तरण गरेका थिए ।
आइबार बिहान करिब ९ बजे खोकनाका, रुद्रायणी, इन्द्रायणी लगायत देवी देवताका खलकले प्रम ओलीका धर्मपत्नी राधिका शाक्य र शहरी विकासमन्त्री कृष्णगेपाल श्रेष्ठलाई प्रसाद लगाईदिएका थिए । कोरोना संक्रमण जोखिमको कारण प्रम ओलीले देवता खलकको हातबाट प्रसाद ग्रहण गर्नुभएन ।

सो अवसरमा खोकनावासीको तर्फबाट स्थानीय स्वयम्भुराज डंगोल, ललितपुर जिल्ल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार , ललितपुर महानगरपालिका वडा नम्बर २१ का सदस्य ज्ञानभक्त डंगोल उपस्थिति रहेको थियो ।
खोकनावासीको तर्फबाट देवता खलकले सरकारप्रमुख र मुलुकमा शान्ति कल्याणको कामना गर्दै नवमीको दिन प्रसाद हस्तान्तरण गर्ने परम्परा छ ।

सोही परम्परालाई जोगाउदै देवता खलकले विशेष पुजा सहितको प्रसाद प्रमलाई दिएका थिए । प्रसादमा हासलाई विशेष सजावट गरिएको सिगो हासँ र तान्त्रिक विधिद्धारा रुद्रायणीको प्रसाद सरकार प्रमुखको हैसियतमा प्रम ओलीको तर्फबाट धर्मपत्नी शाक्यलाई दिएका थिए ।
स्थानीय डंगोल र देवता खलकले प्रधानमन्त्री ओली र शहरी विकासमन्त्री श्रेष्ठ समक्ष एतिहासिक खोकनाको मुख्य जात्रा हुने रुद्रायणी मन्दीर को पुननिर्माण गर्न आग्रह गरेका थिए । उनीहरुले भुकम्पले क्षतिग्रस्त सम्पदा पुननिर्माण गर्न सरकारको ध्यानाकर्षण गरेका थिए ।

सो अवसरमा प्रम ओलीले शहरी विकास मन्त्री श्रेष्ठलाई खोकनाको सम्पदा पुननिर्माण गर्ने विषयमा तत्काल अध्ययन गर्न आग्रह गर्नुभएको थियो । मन्त्री श्रेष्ठले मुलुकको संस्कृति जोगाउन खोकनावासीले खेलेको भुमिका अविष्मरणीय रहेको उल्लेख गर्दै त्यसको लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

सयौ वर्ष पुराना इतिहास जोगाउन खोकनावासीले खेलेको भुमिकाको चर्चा मन्त्री श्रेष्ठले सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । प्रम निवास जानु अघि देवता खलकले शहरी विकास मन्त्री श्रेष्ठको निवासमा भेट गरेको थियो ।
मन्त्री श्रेष्ठले आज बिहान निवासमा निसान, हतियार पुजा र निवासको झण्डा परिवर्तन गर्नुभएको थियोृ । सो अवसरमा मन्त्री श्रेष्ठका धर्मपत्नी एवं सासंद विना श्रेष्ठको उपस्थिति रहेको थियो । दुवैलाई देवता खलकले विशेष मन्त्रसहित प्रसाद लगाइदिएका थिए ।

radhika 2 1 e1603628104170

प्रतिकृया