• 6:10 pm

डोटीका शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

प्रकाशित मिति

October 21, 2020

डोटी, जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पछिल्लो समय यहाँका मन्दिर तथा शक्तिपीठमा नागरिकको भीड बढ्न थालेका कारण कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको हो ।

हिन्दू नेपालीहरुको महान चाड बडादशैँ नजिकिएसँगै कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गरी जिल्ला सुरक्षा समितिले जिल्लाको शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “शक्तिपीठ र मन्दिरमा निश्चित पुजारीद्वारा सामान्य गरिने नित्यकर्मबाहेक अन्य सबै पूजा बन्द गरिएको छ, सबैलाई नियम पालना गर्न आग्रह गदर्छु ।”

निषेधित क्षेत्र घोषणा भएपछि यहाँका शक्तिपीठ र मन्दिरहरुमा भक्तजनको खासै चहलपहल नरहेको दिपायल सिलगढी नगरपालिका–३ का भरत द्धारियाले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाले मान्छेमा त्यत्तिकै त्रास थियो, त्यसैमा प्रशासनले मन्दिरलगायत सार्वजनिक ठाउँलाई निषेधित क्षेत्र बनाएपछि खासै चहलपहल छैन् ।”
/f;;

प्रतिकृया