• ०७:०३ २०८१ बैशाख ७ गते
  • 7:03 am

कोरोना संक्रमीतको निस्शुल्क उपचार गर्न नेपाल तरुण दलको आग्रह

प्रकाशित मिति

२०७७ कार्तिक ५ गते, बुधबार १०:३६

tarun

नेपाल तरुण दलले कोरोना संक्रमीतको निस्शुल्क उपचार गर्न सरकारलाई आग्रह गरेको छ । आम जनताको अभिभावकको भुमिका निर्बाह गर्नुपर्ने सरकारले गैरकानुनी, संविधान विरोधी र अदालतको अपहेलना लगायतका अलोकतान्त्रिक कार्यबाट पछि हट्दै सम्पुर्ण जनताको निस्शुल्क परिक्षण र उपचार गर्न दलले आग्रह गरेको हो ।

नेपालमा कोरोना भाईरसको संक्रमण सुरु भए देखि नै नेपाल तरुण दल केन्द्रिय समितिले सरकारलाई बेला बेलामा सुझाब र खबरदारी गर्दै आइरहेको छ ।

दिनानु दिन संक्रमित र मृत्यु हुनेको संख्या बढीरहदा पनि सरकारले जनता प्रति निर्बाह गर्नुपर्ने समान्य जिम्मेवारीबाट पन्छिदै गएको नेपाल तरुण दलले बताएको छ ।

दलले यस्तो महामारीको बेला परिक्षण र उपचारको दायरा बढाउदै लैजानुपर्ने समयमा सरकार ठिक बिपरित परिक्षण, उपचार र लास ब्यबस्थापन जनता स्वयमले गर्नुपर्ने निर्णय खेदजनक भएको बताएको छ । सरकारको निर्णय संविधानमा उल्लेखित आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क,जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेश बिपरित भएको तरुण दलको भनाई छ ।

hhh

प्रतिकृया