• १८:१६ २०८० चैत्र १६ गते
  • 6:16 pm

असई विक सामूहिक आक्रमणमा परेको प्रहरीको प्रारम्भिक निष्कर्ष

प्रकाशित मिति

२०७७ कार्तिक ४ गते, मंगलवार १२:०२

asi govinda vk hatya kailali e1603174631648

काठमाडौं, कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक असई गोविन्द विकको हत्याको अनुसन्धान निष्कर्ष नजिक पुगेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले अनुसन्धानको दायरा साँघुरो बनेको अनलाइनखबरलाई बताए । उनले भनेका छन्, ‘हाल १३ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

ram thapa 1

सम्भवतः मंगलबार साँझसम्म तथ्यसम्म पुगिने उनले बताए ।

शनिबार राति मोटरसाइकल गस्तीमा गएका वेला असई विक र जवान रामबबहादुर साउद तस्कर समूहको निशानामा परेका थिए ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पक्राउ परेका व्यक्तिबाट केही संकेत मिलेपछि उनको खोजी कार्य थालिएको छ । हालसम्मकको अनुसन्धानले विकमाथि सामूहिक रुपमा आक्रमण भएको देखिएको पनि प्रहरी स्रोतको भनाइ छ ।

स्रोतका अनुसार घरेलु हतियारको प्रयोगबाट घाँटी काटिएको देखिएको छ । हत्यापछि केही मिटरको दूरीमा रहेको नदीमा विकको शव फ्यालिएको पाइएको प्रहरीको भनाइ छ ।

हाल घटनाको अनुसन्धानमा प्राविधिक सहयोगका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोली पनि परिचालित छ ।

असई विकले तस्करी रोक्न गरेको कडाइकै कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

 

प्रतिकृया