• ८ असोज २०८३, बिहीबार
  • ६ः१४ बेलुका

विश्व कीर्तिमानी दिनेश; राम्रो बिषयमा अफर पाएमा एक्सन मुभिमा काम गर्ने मन छ र एक्सन मुभिबाट हाम्रो चलचित्रलाइ विश्व बजार सम्म चिनाउने

प्रकाशित मिति

२०७७ कार्तिक १ गते, शनिबार ०३:४८

काठमाडौँ:चार पटक विश्व रेकर्ड बनाउन सफल नेपाली पार्कर खेलाडी दिनेश सुनार अब छिट्टै पाँचौ रेकर्ड राख्ने तयारीमा रहेका छन् । खोटाङ जिल्लामा जन्मिएका सुनार पार्कर खेलको विकासका लागि पनि निरन्तर लागि रहेका छन

National Life

सारा विश्व यतिबेला कोभिड १९ का कारण सन्त्रस्त छ । हामी नेपालीहरु पनि पशुपतिनाथको भरोसामा स्व अस्तित्वको लडाईंमा छौं ।
सरकारले लक डाउन गरेर घरमै सुरक्षित बस्न सबैलाई अपिल गरेको छ । यसको सिधा मार काम गरिखाने बर्गलाई परेको छ १ दिनभर काम गरेर साँझ बिहानको गर्जो टार्ने मजदुर ज्यामी किसानलाई अहिले दैनिकी चलाऊनै हम्मे हम्मे परेको छ ।
यो समयमा पनि दिनेश सुनार आफ्नो अभ्यासमा निरन्तर लागि परि रहेका छन् ।
दिनेश कलाकारितामा लागेर केहि गर्ने सोचका साथ अभिनय तथा द्वन्दको प्रसिक्षण लिई रहेका छन्। उनि छिट्टै नेपाली चलचित्रमा मुख्य भूमिकामा आउने सोचमा रहेका छन् र त्यसको तयारीमा जुटी रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

थुप्रै चलचित्रमा स्टन्ट गरेका सुनार एक्सन चलचित्र मार्फत नेपाली चलचित्रमा डेब्यु गर्ने तयारीमा छन् ।
बाल्यकालमा दिनेशको सपना हिरो बन्ने थियो । नेपाली तथा हिन्दी चलचित्र हेरेर उनले एक्सन सिक्थे ।‘नेपालीमा निखिल उप्रेतीका चलचित्र बढी हेर्थें । सोच्थें ठूलो भएर उहाँजस्तै बन्छु,’
उनी सुनाउँछन् । उनले निखिलको पिँजडा, कर्मयोद्धा, पापीमान्छे लगायतका चलचित्र दोहर्याइँ–तेहर्याइँ हेरेको बताउँछन्।उनीमा ‘पार्करको नयाँ खालको एक्सन नेपाली चलचित्रमा भित्र्याउने इच्छा छ ।
चलचित्र मार्फत् पनि नेपालको नाम अन्तर्राष्ट्रिय स्तरसम्म पुगोस्,’ दिनेश सुनाउँछन् ।अभिनय र नृत्यकलामा पनि पोख्त सुनार भन्छन ‘चलचित्रमा मेरो कथा र म आउँदा खेललाई माथि ल्याउन सघाउ पुग्छ,’ उनले भने, ‘हरेक क्षेत्रबाट पार्करको विषय सबैमाझ पुग्ने हो भने नेपालमा यो खेलको विकासमा सघाउ पुग्छ ।’

उनले करिब दुइ दर्जन चलचित्रमा स्टन्टम्यानको भूमिका निभाएका छन् ।
चलचित्रहरू हसिँया, हवल्दार सुन्तली, तथा हिन्दी साउथ चलचित्रमा समेत स्टन्टम्यानको रूपमा जोखिमपूर्ण काम गरेको उनी सुनाउँछन् । उनको यो कला र क्षमता विभिन्न चलचित्रले खोज्ने गरेका छन् ।

प्रतिकृया