• ८ असोज २०८३, बिहीबार
  • ५ः३० बेलुका

आज दशैंको पहिलो दिन घटस्थापना, वसन्तपुरस्थित् दशैंघरमा जमरा राखियो

प्रकाशित मिति

२०७७ कार्तिक १ गते, शनिबार ०३:११

काठमाडौं, आज दशैंको पहिलो दिन घटस्थापना । काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा पनि जमरा राखिएको छ । बिहान ११ः४६ को शुभसाइतमा जौ छरेर जमरा राखिएको हो । घटस्थापनाको क्रममा नेपाली सेनाको टोलीले मंगल धुन बजाउनुका साथै बढाइँ गरेको थियो ।

National Life

घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । नवरात्रको पहिलो दिन आज बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा जौ रोपिन्छ ।

प्रतिकृया