• ८ असोज २०८३, बिहीबार
  • ४ः४२ बेलुका

चार क्याम्पसका विद्यार्थीहरुद्वारा आजबाट बलात्कारविरुद्धको अभियान सुरु

प्रकाशित मिति

२०७७ कार्तिक १ गते, शनिबार ०२:५५

काठमाडौं, चार क्याम्पसका विद्यार्थीहरुले आजबाट बलात्कार विरुद्धको अभियान शुरु गरेका छन् । विश्वदिप, नाईटिंगेल्स, एनसीसीएस र पिपुल्स क्याम्पसका विद्यार्थीहरुले मुलुकमा दिनप्रति दिन बढ्दै गएको बलात्कारको घट्नाले नेपालको छवी विश्व मैं नराम्रो हुँदै गएको भन्दै उनीहरुले बसन्तपुरबाट विरोधको अभियान सुरु गरेका हुन् ।

National Life

कार्यक्रमका संयोजक युवक जोशीले भन्छन्, दुधे बालिकादेखि हजुरआमासम्म बलात्कारको शिकार बन्नु भनेको नेपाली चेलीहरु कहाँ सुरक्षित छन् भन्ने प्रश्न एउटा हो भने अर्को नेपालको छवी अन्तर्राष्टिय जगतमा बलात्कारीहरुको देश भनेर चिनिन लागेको अवस्थामा हाम्रो अभियान भनेको राष्टलाई हाम्रा चेलीहरुलाई सुरक्षा देउ, बलात्कारीहरुलाई फाँसीको सजाय देउ भन्ने नै हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया