• ९ असोज २०८३, शुक्रबार
  • २ः३५ दिउँसो

दैनिक उपभोग्य वस्तुमा महँगी नभएको दावी: मन्त्री भट्ट

प्रकाशित मिति

२०७७ आश्विन २७ गते, मंगलवार ०३:३२

काठमाडौं, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि नभएको बताएका हुन् ।उनले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनैपनि खाद्यान्न लगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दावी गरेका छन् । तर विश्व बजारमा नै केही वस्तुमा मूल्य वृद्धि भएकाले नेपालमा पनि एक दुईवटा वस्तुमा मूल्य वृद्धि हुनु स्वभाविक भएको मन्त्री भट्टले बताए ।

National Life

उनले भने- ‘अहिले पनि बजार एकदम आफ्नो गतिमा गएको छ । त्यसैले कहिं पनि समस्या आएको छैन् । केही वस्तुमा विश्वमै मूल्य बढेपछि बढ्यो होला नत्र खाद्यान्न लगायत दैनिकी वस्तुहरु हुन त्यसमा महँगाई भन्ने छैन । अव एकाध वस्तुमा हुने स्वभाविक हो । हिजोपनि हुन्थ्यो ।’अहिलेको परिस्थितिमा व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयको ध्यान केन्द्रीत भएको पनि उनले बताए । निर्यात कसरी बढाउने, उत्पादनलाई कसरी बढाउने र लगानीलाई कसरी भित्र्याउने भन्ने विषय नै देशका लागि महत्वपूर्ण भएको मन्त्री भट्टले बताए । आफुले मन्त्रालय सम्हालेदेखि व्यवसायमैत्री वातावरण बन्दै गएको दावी समेत मन्त्री भट्टले गरेका छन् । कर र राजश्वका विभिन्न विषयमा सुधार गरि उद्योग र व्यापार सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार तत्पर रहेको उनले बताए ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया