• २५ भदौ २०८३, बिहीबार
  • ११ः२० राती

दशैंमा राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने

प्रकाशित मिति

२०७७ आश्विन २६ गते, सोमबार ०३:०६

काठमाडौं, यस वर्षको नयाँ नोट सटही नगर्ने भएको छ । विश्वव्यापी कोरोना भाइरसको महामारीको कारण देखाउँदै बैंकले नयाँ नोट सटही नगर्ने जनाएको छ ।

National Life

बैंकले आइतबार सूचना जारी गरी बैंकहरुमा बढी भिडभाड हुन नदिन नोट सटही नगर्ने जानकारी दिएको छ । बैंकले भनेको छ, ‘हाल यस बैंक र अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमा समेत संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएको परिप्रेक्ष्यमा आम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनै पनि कार्यालयहरुबाट यस वर्षको बडादशैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया