• २४ भदौ २०८३, बुधबार
  • ४ः०३ बेलुका

महिलाको सम्मन गरौ, महिला हिसां बिरुद्ध सशक्त ढंगले लागौं।

प्रकाशित मिति

२०७७ आश्विन २६ गते, सोमबार ०२:१२

डा.मोनिषा कार्की

National Life

समाजमा शोषण,दमन र उत्पिडन आर्थिक हैसियत, श्रोत र साधन र सम्पत्ति माथिको पउँच अनि शिक्षा र सामाजिक चेतनाका कारण हुने गर्दछ। शिक्षा, अभाव, गरिबी र शारीरिक रुपमा निर्बलियो भएको कारण महिलाहरुले अनेक खालका हिंसा, शोषण र उत्पिडन बेहोर्नु परेको छ। त्यो पंक्तिमा समाजमा पछाडी परेका दलित र उत्पीडित जाती समेत पर्दछ्न।

हिजोको राज्य सामन्तबादी थियो। जनता शिक्षित थिएनन। महिला चेतनशील थिएनन। जस्को कारण विधि र कानुन द्वारानै महिला माथी खुलम खुल्ला हिंसा हुन्थ्यो। सति प्रथा, एकल महिला माथी समाजिक दमन, बोक्सीको नाउँमा उत्पिड्न बलत्कार, बहुबिबाहको बैधानिक अधिकार, दाइजो दिनु पर्ने दबाब, सासू, ससुरा, श्रीमान लगाएतको सेवामा दासी झै हुनु पर्ने बाध्यता थियो।
अबका महिला उच्च शिक्षा हासिल गरेका छन।

Classic Tech Mobile
Classic Tech Desktop

उच्च ओहोदामा छन। अब सबै महिलाले ह्त्या हिंसा र दमन विरुद्ध सशक्त आवाज उठाउनै पर्दछ। घरमा हुने जस्तो सुकै घरेलु हिंसा सहने होइन, उजागर गर्दै कार्बाहीको दायरामा लेउनु पर्दछ। अफिस, कारखाना वा कार्य क्षेत्रमा हुमे हिंसा र दमनको पनि खुलेर प्रतिबाद गर्नु पर्दछ र कारबाहिको दायरामा ल्याउनु पर्दछ। समाजको जो सुकै माथी हुने हत्या, बलत्कार, एसिड प्रहार, अपहरण,अत्माहत्या गर्न बाध्य पर्ने परिस्थिती, जस्ता घटनाको विरुद्ध सिङ्गो समाज एक भएर सामना गर्नु पर्दछ। अपराधीलाई कानुनी दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन राज्यका सबै संयन्त्र प्रभाबकारी ढंगले लाग्नु पर्दछ।

अनि मात्र निर्मला पंतलको आत्माले न्यय पाउनेछ। हजारौ पिडित शोषितले हिंसा र बिबेद बाट मुक्त भएर बांच्न पाउँछन्। पछिल्लो बेला प्रहरी प्रशासनले खेलेको भुमिका बिगतको भन्दा राम्रो छ अझै प्राभाबकारी बनाउन आबास्यक छ। सरकार्के जसरी अध्यादेस मार्फत एसिड प्रहार गर्नेलाई कार्बाहाइ गर्ने निर्मम कानुन ल्याएर सर्बत्र प्रशंसा पनि पाएको छ। येसैगरी बलत्कारीलाइ संबिधान संशोधन गरेर भएपनि मृत्यु दण्ड दिनु पर्दछ भन्ने आवाज सर्बत्र उठेको छ। यो पक्षमा पनि ध्यान दिनु आबास्यक छ।

हामी महिलाहरु पनि सचेत र सजग हुने, सेल्फ डिफेन्स गर्ने, कुरामा ध्यान दिदै तालिम, प्रशिक्षण लिने। आबास्यक पर्दा एकजुट हुने। सरकार र सरोकारवाला निकायलाई सुचना दिने र सजग गराउदै झकझकाइ रहने। यति मात्र गर्यो भने पनि महिला हिंसा रोक्न धेरै गर्न सकिन्छ। अन्तमा कमसेकम हामी महिलाले आमा, सासु, बुहारी, नन्द, आमाजु, भाउजू ,छोरी मा बिभेद नगरौ अपमान नगरौ। सकारात्मक सोच भएका महिलालाइ सम्मान र समर्थन गर्ने पुरुषहरुको पनि साथलिंउ। सबैले हातेमालो गरेर महिलाको सम्मन गरौ। महिला हिसां बिरुद्ध सशक्त ढंगले लागौं।

प्रतिकृया