• ११ असोज २०८३, आइतबार
  • ११ः३१ बिहान

उपप्राध्यापक आक्रमणबारे उपकुलपतिको ध्यानाकर्षण

प्रकाशित मिति

२०७७ आश्विन २३ गते, शुक्रबार ०५:५६

काठमाडौ, त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेलाई कानूनी कारबाही गर्न प्राध्यापक सङ्गठनले उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटालाई ध्यानाकर्षण गराएका छन् । दोषीलाई कानूनको कठघरामा यथाशीघ्र ल्याउन, घाइतेलाई उपचार खर्च दिन र विश्वविद्यालयमा शान्तिपूर्ण शैक्षिक वातावरण कायम गर्न माग गर्दै उपकुलपति कार्यालय अगाडि केहीबेर विरोध कार्यक्रम गरी नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन प्रा डा रमेशप्रसाद भट्टराई र नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका कल्याणी मिश्रले सो ध्यानाकर्षण गराउनुभएको हो ।

National Life

कार्यक्रममा ऐक्यबद्धता जनाउन पुग्नुभएका नरेन्द्र शिवाकोटीले उक्त मागमा उपकुलपति बाँस्कोटा गम्भीर देखिनुभएको र आजै कार्यकारीको बैठक राखेर उपचार खर्चको निर्णय गराइने अवगत गराउनुभएको बताउनुभयो ।

गत मङ्गलबार त्रिवि परिसर कीर्तिपुरमै चलाउनेमाथि आक्रमण भएको थियो । प्राध्यापकले दोषी जो भए पनि कारबाही हुनुपर्ने र प्राज्ञिक मर्यादालाई कायम गर्नुपर्ने माग राखी धर्ना दिएका हुन् । घाइते चलाउनेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया