• ८ असोज २०८३, बिहीबार
  • ८ः४७ राती

दिल्ली शीर्ष स्थानमा

प्रकाशित मिति

२०७७ आश्विन २० गते, मंगलवार ११:५०

काठमाडौं, री इन्डियन प्रिमियर लिग आईपीएल दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ। यूएईमा सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गरेको हो। खेलमा दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायको थियो ।

National Life

बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए। वासिङ्गटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे। दिल्लीका कागिसो राबडाले ४ विकेट लिए। एन्रीच नोर्ट्जे र अक्षर पटेलले २र२ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो। दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले।

Classic Tech Mobile
Classic Tech Desktop

शीर्ष स्थानमा उक्लिएको दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ। तेस्रो स्थानको बैंगलोरको यो दोस्रो हार हो। बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ।

प्रतिकृया