• ८ असोज २०८३, बिहीबार
  • ९ः३१ बिहान

बिटोभित्र पनि नक्कली नोट

प्रकाशित मिति

२०७७ आश्विन २० गते, मंगलवार ०७:३१

काठमाडौँ, दशै, तिहार लगायतका चाडपर्व नजिकै आइपुगेपछि बैङ्क तथा वित्तीय संस्थामा नगद जम्मा गर्ने र झिक्नेसँगै बजारमा किनमेल गर्नेको भीड बढ्दो छ । यस्तो अवस्थामा नयाँ नोट चलाउने रहर त सबैलाई हुन्छ नै तर यसप्रति विशेष चनाखो हुनुपर्ने देखिएको छ ।

National Life

खिचापोखरीस्थित सनराइज बैङ्कबाट झिकेको एक लाख रुपियाँको बिटोभित्र एउटा नक्कली हजारको नोट भेटिएपछि अनावश्यक तनाव बेहोरेका न्युुरोडका एक ‘क्यारिङ’ व्यवसायी बैङ्कका कर्मचारीको विश्वासमा पर्दा समस्या आएको बताउँछन् ।

बिटोमा बैङ्कको स्टिकर र छाप हानिएकाले शङ्का गर्नुपर्ने अवस्था थिएनन् । कार्यालयमा भएको थप रकम जम्मा पारी नेपाल बङ्गलादेश बैङ्कमा जम्मा गरेको दुई दिनपछि बैङ्कका कर्मचारीले फोन गरी ‘नक्कली नोट मिसाउने’ भन्दै हप्काएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

बैङ्कका कर्मचारीले नै सक्कली र नक्कली नोट नचिन्दा केही दिनअघि आफू यस्तो समस्यामा परेको गुनासो ती व्यापारीले गरेस् नियमित आर्थिक कारोबारका क्रममा विभिन्न बैङ्कबाट नक्कली नोट फेला पर्ने यो एउटा नमुना घटना मात्र होस् नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा। गुणाकर भट्ट नोट चिन्ने सजिलो र सरल उपाय रहेको बताउनुहुन्छस् नगद गणना गर्दा नक्कली नोट छामेरै चिन्न सकिन्छ । उनका अनुसार शङ्का लागेमा एक थोपा पानी राख्ने बित्तिकै नक्कली नोट गल्छ।
गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया