• ९ असोज २०८३, शुक्रबार
  • ६ः३१ बिहान

जन्मदिनमा बृद्धाश्रम, विपन्न बालबालिकालाई सहयोग गरेर मनाउँदै गायक पोखरेल

प्रकाशित मिति

२०७७ आश्विन १९ गते, सोमबार १२:१५

काठमाडौं, नेपाली कलाक्षेत्रमा आफ्नो जन्मदिन समाजसेवा गरेर मनाउने थुप्रै कलाकार छन् । तीमध्यका एक हुन्, गायक सिताराम पोखरेल । अक्टोबर ४ मा हरेक जन्मदिन मनाउँदै आएका पोखरेलले विगत १७ बर्षदेखि जन्मदिनमा बृद्धाश्रम वा विपन्न बालबालिकालाई सहयोग गरेर मनाउँदै आएका छन् ।

National Life

आइतबार परेको आफ्नो जन्मदिनको खुसी पनि पोखरेलले नैकापस्थित वृद्धाश्रम व्यवस्थापन तथा सामाजिक कल्याण गुठीद्वारा सञ्चालित ‘आमाघर’मा पुगेर मनाएका छन् । धर्मपत्नी रमा पोखरेलसहित आश्रममा पुगेका पोखरेलले त्यहाँका बृद्धाबृद्धलाई खाना खुवाउनुका साथै फलफुल तथा कोरोना भाइरसबाट बच्न मास्क समेत बितरण गरेका छन् ।

जन्मदिनको केक समेत त्यही काटेका पोखरेलको सहयोगमा पाउदा त्यका बृद्धाबृद्ध खुसी देखिन्थे । आगामि दिनमा पनि आफुले सक्दो सहयोग आश्रममा दिने सोही अवसरमा पोखरेलले बताए ।  २०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट सांगीतिक यात्रा थालेका पोखरेलका अहिलेसम्म दुई सयभन्दा बढी गीत तथा ७ वटा एल्बम बाहिर आएका छन् । अहिले केही दिन भित्र नयाँ गीतहरु ल्याउने तयारीमा रहेको पोखरेल मोडल तथा कलाकार पनि हुन् । उनी आफ्नो गीतको भिडियोको अलवा ठुला तथा सानापर्दाका फिल्ममा समेत अभिनय गर्दै आएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया