• ७ असोज २०८३, बुधबार
  • १०ः०७ राती

छ महिनापछि कार्यालय खुल्दा नागरिकता बनाउनेको ताँती, चाप थेग्न टोकन प्रणाली

प्रकाशित मिति

२०७७ आश्विन १५ गते, बिहीबार ०६:३४

सर्लाही, जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा नागरिकता बनाउनेको अत्यधिक चाप भएपछि टोकन प्रणालीबाट सेवा दिन थालिएको छ । भीड थेग्नै मुस्किल परेपछि टोकन प्रणालीमार्फत सेवा प्रवाह गर्न थालिएको कार्यालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत रामप्रमोद यादवले जानकारी दिनुभयो । यादवका अनुसार असोज १९ गतेसम्मका लागि टोकन वितरण भइसकेको छ । ‘१९ गतेसम्मलाई कुपन प्याक भइसक्यो, अब आउने सेवाग्राहीले २० गतेपछिको पाउँछन्, यादवले भन्नुभयो, भीड व्यवस्थापन गर्न उत्तम उपाय ठानेर यो विधि अपनाएका हौँ ।’

National Life

सेवाग्राहीलाई टोकनमा तोकेको दिन सेवा लिन आउन भनिएको प्रशासकीय अधिकृत यादवले बताउनुभयो । सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयबाट अहिले नयाँ र प्रतिलिपी गरी दैनिक १५० वटाको हाराहारीमा नागरिकता वितरण भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले छ महिनापछि कार्यालय खुल्दा एकैपटक ठूलो सङ्ख्यामा सेवाग्राहीहरू सेवा लिन आएका बताउनुभयो । ुदैनिक चार९पाँच सय मानिस आउँछन्, धेरैजसो नागरिकता बनाउनेहरू छन्ु, प्रजिअ पौडेलले बुधबार मध्यान्ह गोरखापत्रसँग भन्नुभयो, भीड हेर्दा लठीचार्ज गर्नुपर्ने स्थिति छ । लकडाउन र निषेधाज्ञाका कारण छ महिना काम खप्टिँदा यो अवस्था आएको उहाँको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्ला प्रशासन कार्यालयले सर्लाहीका २० वटा स्थानीय तहमध्ये हरिपुर र ईश्वरपुर नगरपालिकाको केही वडासहित दक्षिणी भेगका १४ वटा पालिकाका बासिन्दालाई नागरिकता वितरण, राहदानी सिफारिस, समावेशी प्रमाणित, संस्था दर्ता लगायतको सेवा प्रवाह गर्दैआएको छ ।

अन्य पालिकाका बासिन्दालाई उत्तरी भेगको हरिवन र पश्चिमी भेगको बरहथवामा रहेका ईलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह गरिन्छ । हरिवन र बरहथवामा पनि अहिले सेवाग्राहीको चाप बढेको छ । यी दुई कार्यालयबाट दैनिक ३० देखि ४० वटा नागरिकता वितरण भइरहेको कर्मचारीले बताएका छन् ।

हरिवनस्थित ईलाका प्रशासन कार्यालयका प्रमुख मनोज मिश्रले गृह मन्त्रालयबाट कायम मुकायम प्रमुखको जिम्मेवारी पाएको अवधि सकिएको छ । त्यसले गर्दा हरिवनमा बन्ने नागरिकता अहिले हस्ताक्षर गर्न बरहथवास्थित ईलाका प्रशासन कार्यालयमा पठाउने गरिएको छ । केही दिनदेखि कार्यालय प्रमुख नहुँदा नागरिकतामा बरहथवाका प्रमुखबाट हस्ताक्षर गरेर ल्याई सेवाग्राहीलाई भोलिपल्ट प्रदान गरिँदै आएको हरिवनस्थित ईलाका प्रशासन कार्यालयले जनाएको छ ।
गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया