• ८ असोज २०८३, बिहीबार
  • ८ः२२ बिहान

स्थानीय तहमा बजेट छर्ने प्रवृत्तिः कतै अभाव कतै खातैखात

प्रकाशित मिति

२०७७ आश्विन १४ गते, बुधबार ०७:३६

काठमाडौं, स्थानीय तहमा गएको तीनै तहको बजेट धेरै योजना छर्ने प्रवृत्तिले विकास निर्माणका काम अधुरा र अलपत्र पर्ने गरेका छन् । विकास निर्माणका काममा साधन र स्रोत छरिँदा सरकारको लगानी बालुवामा पानीजस्तै भएका छन् । व्यवस्थित विकास नीतिको अभावमा पहुँच पुगेका स्थानीय तहमा योजनाको खातै खात र पहुँच नपुगेकामा योजनाको अभाव हुने गरेको पाइएको छ ।

National Life

स्थानीय तहले न्यूनतम पाँचदेखि १० वर्षे एकीकृत विकासको गुरुयोजना बनाई साधन र स्रोतलाई एउटै बास्केटमा हाली आवश्यकताका आधारमा विकास गर्नुपर्ने स्थानीय शासन विज्ञहरूको जोड छ । स्थानीय शासनविज्ञ रमेशकुमार अधिकारीले अहिले तीनै तहका योजनामा मागका आधारमा नभई नेतृत्वका आधारमा बजेट निकासा हुने हुँदा विकास उपलब्धिमूलक हुन नसकेको बताए । उनले भने, “अहिले विकासका योजना दिनेका हुन् कि लिनेका हुन्, पाउनेका हुन् कि पु¥याउनेका हुन् भन्ने पहिचान नै गर्न कठिन भएको छ ।”

उनले तीनै तहमा गएको बजेट एकीकृत गरी विकासका काम गर्न सकिने बताए । स्थानीय शासनविज्ञ बीके महर्जनले अन्तरपालिका योजनालाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहमा गएका तीनै तहका योजना एकीकृत गरी आवश्यकताका आधारमा विकास गर्दा प्रभावकारी विकास गर्न सकिने सुझाव दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

हरेक क्षेत्रमा अन्तरपालिका स्तरीय क्लस्टर निर्माण गरी सो क्लस्टरमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहका भौतिक पूर्वाधार निर्माणको बजेटलाई एकीकृत गर्ने, उक्त क्लस्टरमा निर्माण गर्नुपर्ने विद्यालय, खानेपानी, पुल सडक, सामुदायिक भवन लगायतका भौतिक पूर्वाधारको क्रमिक रूपमा आवश्यकता आधारमा निर्माण गर्दै जाँदा समानुपातिक रूपमा विकास हुने विज्ञहरूको सुझाव छ ।

महर्जनले भने, “स्थानीय तहले आवधिक योजना नबनाएकाले विकासको बजेट छरिएको हो । बजेट एकीकृत गरी योजनाबद्ध विकास गर्ने हो भने छोटो समयमै विकासका धेरै काम गर्न सकिन्छ ।”

स्थानीय तहका जनप्रतिनिधि पनि भौतिक पूर्वाधार निर्माणको काम एकीकृत गरी पूर्वाधार विकास कम्पनी निर्माण गरेर पूर्वाधार निर्माणको काम एकीकृत गर्न सहमत देखिन्छन् ।

आजको गोरखापत्र दैनिबाट साभार

प्रतिकृया