• १ असोज २०८३, बिहीबार
  • १२ः३३ दिउँसो

असल सम्बन्ध कायम राख्न नेपाल प्रतिबद्धः प्रधानमन्त्री

प्रकाशित मिति

२०७७ आश्विन १० गते, शनिबार ०६:३५

काठमाडौँँ, प्रधानमन्त्री केपी शर्मा ओलीले अतुलनीय सङ्कटका रूपमा कोरोना भाइरस कोभिड–१९ को महामारीको सामना गर्दै असाधारण समस्याबाट विश्व गुज्रिरहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७५औँ महासभालाई शुक्रबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले विश्व व्यवस्थामा देखापरेको अनिश्चित अवस्थाको पृष्ठभूमिमा यस्तो सङ्कट आउनु चिन्ताजनक विषय भएको स्पष्ट गर्नुभयो ।

National Life

उहाँले स्वास्थ्य सङ्कट होस्, जनजीविका तथा समाजमा परेको प्रभाव होस् वा विश्वव्यापी आर्थिक मन्दी होस्, महामारीको दुष्प्रभाव अत्यन्त ठूलो छ भन्नुभयो । यस पटकको राष्ट्रसङ्घीय सभामा तय भएको ‘हामीले चाहेको भविष्य, हामीलाई आवश्यक संयुक्त राष्ट्रसङ्घ ः बहुपक्षीयता प्रतिको सामूहिक प्रतिबद्धताको पुनर्पुष्टि, प्रभावकारी बहुपक्षीय कार्यका माध्यमबाट कोभिड–१९ को सामना’ विषयक बहसका क्रममा प्रधानमन्त्रीले मुख्य सम्बोधन गर्नुभएको हो ।

उहाँले महामारीविरुद्ध विश्वव्यापी प्रतिकार्यको नेतृत्व गरिरहेका संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन र विश्वको प्रयासप्रति नेपालको पूर्ण समर्थन जनाउनुभयो । खासगरी कोभिड–१९ विरुद्धको बृहत् प्रतिकार्य कार्यक्रम सुरुवात गर्नुभएकोमा संयुक्त राष्ट्रसङ्घका महासचिवको सराहना गर्नुभयो ।
जारी स्वास्थ्य सङ्कटमा सबैभन्दा महìवपूर्ण कुरा कोभिड–१९ विरुद्धको खोप विकास पश्चात् सबैका लागि सुपथ, सरल र सहज पहुँच, ज्ञान तथा अनुभवको साटासाट, औषधि तथा औषधिजन्य उपकरणको समयमै आपूर्ति गर्नुपर्ने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

रोग तथा भोकबाट जनताको जीवनको सुरक्षा गर्नु सरकारको सबैभन्दा ठूलो दायित्व रहेकाले सबै प्रयास तथा स्रोत यसका निम्ति प्रयोग गरिरहेको अवस्थामा अन्तर्राष्ट्रिय ऐक्यबद्धता उत्तिकै महìवपूर्ण हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
सङ्कटकै घडीमा भूराजनीतिक टकराव पुनः देखापरेकाले विश्वका कैयन् भागमा शान्ति र स्थिरताको आकाङ्क्षा अझै हासिल हुन नसकेको उहाँले औँल्याउनुुभयो । हतियारको होडबाजी, जलवायु परिवर्तन तथा प्रकोपको चुनौतीले शान्ति र दिगो विकासको सम्भावनामा अवरोध पु¥याएको भन्दै ध्यानाकर्षण गराउनुभएको छ ।
गोरखापत्र दैनिकबाट साभार

प्रतिकृया