• १ असोज २०८३, बिहीबार
  • १ः१५ दिउँसो

पहिरोको उच्च जोखिममा अन्नपूर्ण गाउँपालिकाका २६ घर

प्रकाशित मिति

२०७७ आश्विन १० गते, शनिबार ०६:२१

गलेश्वर, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले र वडा नं ४ कोप्चेपानीका २६ घर पहिरोको उच्च जोखिममा छन् । विगत तीन दिनदेखि परेको अविरल वर्षाले बस्तीमाथिबाट पहिरो जान थालेपछि उक्त बस्तीका २६ घर जोखिममा परेका हुन् । उच्च जोखिममा रहेका घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले बताउनुभयो ।

National Life

उहाँका अनुसार कालीगण्डकी नदीको कटान तथा बस्ती माथिबाट खसेको पहिरोको कारण कोप्चेपानीका २३ र जलथलेका तीन घर उच्च जोखिममा रहेका छन् । “जलथलेका तीन घरलाई सुरक्षित स्थानमा सारिएको छ भने कोप्चेपानी बस्तीमा खानेपानीको समस्या भएकाले चार सय मिटर पाइपको व्यवस्था गरिएको छ । अति उच्च जोखिममा रहेका केही परिवारलाई सुरक्षित स्थानमा सारिएको छ”, अध्यक्ष पुनले भन्नुभयो, “भिरालो तथा कमजोर भूगोलका कारण पहिरो गएको हुन सक्छ ।”

कोप्चेपानीका बस्ती नै पहिरोको उच्च जोखिममा रहेकाले स्थानान्तरणका लागि वडा नं ४ कोे भलाममा जग्गा खोजीको तयारी थालेको पनि उहाँले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी रुप्से झरनामा आएको बाढीका कारण सडकमा क्षति हुँदा बेनी –जोमसोम सिधा यातायात विगत दुई महिनादेखि अवरुद्ध छ ।
रासस

प्रतिकृया