कर्जा योजना सुरु: प्रभु बैँक
प्रकाशित मिति
२०७७ आश्विन ७ गते, बुधबार ०४:४३
काठमाण्डौ, प्रभु बैँकलिमिटेडले सहयात्रा समृद्दिको (Partnership for Prosperity) नामको कर्जा योजना सुरु गरेको छ । नेपाल राष्ट्र बैँक, सहुलियत पूर्ण कर्जाकालागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्य विधी, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपालस“गको सहकार्यमा कोभिड – १९ को कारणले प्रभाबित र समस्यामा परेका साना उधमी तथा व्यबसायी, स्वरोजगार उधमी, शिक्षीत बेरोजगार युवा, बिदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यबसायमा सँलग्न उधमीहरुको बिधमान र्आिथक कठिनाईलाई व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरुका पेशा, उधम र व्यवसायहरुलाई पुन सुचारु गर्न सहयोग पुर्याउने लक्ष्यका साथ ल्याईएको हो । सहयात्रा समृद्दिको यो कर्जा योजना उक्त समुहलाइ र्आिथक उन्नति सहित जिवनभरको एउटा वित्तीयआधार र संयन्त्र तयार गर्ने प्रयासको रुपमा रहेको छ ।
यस कर्जा योजना अन्तर्गत प्रथम चरणमा बैँकले काठमाण्डौ उपत्यका भित्रका महिला सफा टेम्पो चालकहरुलाइ अधिकतम रु १ लाख र बिधालय शिक्षकहरुलाई अधिकतम रु ४ लाख कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउनेछ ।

सोहीक्रममा यो कर्जा योजना शुभारम्भको अबसरमा काठमाण्डौ उपत्यकाभित्रका १० जनामहिला सफाटेम्पो चालकहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरीएकोे जानकारी गराउँदछौ । यो कर्जा योजना तोकिएका अन्य पेशा, उधम र व्यबसाय साथै काठमाण्डौ उपत्यका बाहिर पनि क्रमशःलागु गर्दैजान प्रभु बैकले जनाएको छ ।





प्रतिकृया