• २६ भदौ २०८३, शुक्रबार
  • ४ः४५ बेलुका

प्याजको कालोबजारी गरेको आरोपमा ब्यापारी पक्राउ

प्रकाशित मिति

२०७७ आश्विन २ गते, शुक्रबार ०२:२४

काठमाडौं, प्याजको कालोबजारी गरेको आरोपमा बाराको कलैया उप–महानगरपालिका–१ स्थित खुसी स्टोरका सञ्चालक चन्दन साहलाई प्रहरीले पक्रेको छ । खरिद मूल्यभन्दा दोब्बरमा बिक्री गरेको फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) गौतम मिश्रले रातोपाटीलाई बताए ।

National Life

प्याजको कृतिम अभाव देखाएर साहले ४३ रुपैयाँमा खरिद गरको प्याज ८० रुपैयाँमा बेचेका थिए । बिहिबार पक्राउ गरिएका उनलाई कालो बजार तथा केही सामाजिक अपराध ऐन–०३२ अनुसार ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए ।साह प्याजका होलसेल हुन् । खुसी स्टोरमा लुकाएर राखेको ४ सय ५८ केजी प्याज प्रहरीले बरामद गरेको छ । साह प्याजका होलसेल विक्रेता हुन् ।

प्रतिकृया