• ८ असोज २०८३, बिहीबार
  • ९ः१२ बिहान

नेपाल नापतौल विभाग द्धारा दुई उद्योगलाई कारबाही

प्रकाशित मिति

२०७७ भाद्र २७ गते, शनिबार ०६:११

काठमाडौँ, नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरअनुरुप उत्पादन नगर्ने दुई उद्योगलाई कारबाही गरेको छ । विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने जगदम्बा स्टील्स प्रालि बारा र मङ्गला सिमेन्ट उद्योग प्रालि धादिङलाई आज कारबाही गरेको हो ।

National Life

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगबाट उत्पादित वस्तुको गुणस्तर नापतौल विभागको प्रयोगशालामा परीक्षण गराउँदा ती उद्योगले नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले कारबाही गरिएको जानकारी दिनुभयो ।
विभागले नेपाल गुणस्तर ९प्रमाण चिह्न० ऐन, २०३७ तथा नियमावली २०४० को नियम ९१६० अनुसारको कानूनी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

जगदम्बा स्टील्सको सङ्कलित नमूनामा कार्बनको मान ०।३५ प्रतिशत हुनुपर्नेमा ०।३० प्रतिशत र सल्फरको मान ०।६० प्रतिशत हुनुपर्नेमा ०।५५ प्रतिशत पाइएको छ । जगदम्बा स्टील्सले भने आफ्नो कम्पनीमा उत्पादित १६ एमएमको केही डण्डीमा मात्र कैफियत देखिएको बताउँदै उक्त डण्डीलाई बजारबाट कम्पनीले फिर्ता गरिसकेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै मङ्गला सिमेन्टको सङ्कलित नमूनाको १४ एमपिए र १९ एमपिए हुनुपर्नेमा सोभन्दा धेरै भएकाले कारबाही गरिएको विभागले जनाएको छ । विभागले जगदम्बा स्टील्सको बिक्रीवितरणमा रोक लगाउनाका साथै मङ्गला सिमेन्टलाई १५ दिनको स्पष्टीकरण पेश गर्ने समय तोकेको छ ।
रासस

प्रतिकृया