• ८ असोज २०८३, बिहीबार
  • ८ः०९ बिहान

देशभरको मौसममा बदली, केही स्थानमा वर्षा

प्रकाशित मिति

२०७७ भाद्र २५ गते, बिहीबार ०६:२७

काठमाडौँ, मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशभरको मौसममा सामान्य बदली भएको छ । मौसममा भएको बदलावसँगै अहिले देशभरका केही स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमा महाशाखाका अनुसार आज दिउँसो र राति गरी विभिन्न ५ प्रदेशमा भारी वर्षाको सम्भावना छ ।

National Life

प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एक दुई स्थानमा आज दिउँसो मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षा हुने क्षेत्रमा आगामी २४ घण्टासम्म सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

 

 

 

प्रतिकृया