• ९ असोज २०८३, शुक्रबार
  • २ः२९ दिउँसो

निषेधाज्ञाको विकल्प खोज्न व्यवसायीको माग

प्रकाशित मिति

२०७७ भाद्र २२ गते, सोमबार ०६:२४

काठमाडौँ, राष्ट्रिय व्यापार सङ्घले निषेधाज्ञाको विकल्प खोजेर व्यवसायको वातावरण मिलाउन माग गरेको छ । सङ्घको टोलीले आज काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलाललाई भेटेर कोभिड–१९ को बढ्दो सङ्क्रमणसँगै निषेधाज्ञा लम्ँिबदै जाँदा व्यापारी व्यवसायीहरु समस्यामा परेको जनाउँदै निषेधाज्ञाको विकल्प खोजेर व्यापार व्यवसायको वातावरण मिलाउन माग गरेको हो ।

National Life

सङ्घका महासचिव बैकुण्ठ दाहालले कोरोना सङ्क्रमणका कारण निरन्तर भएको बन्दाबन्दी र निषेधाज्ञाले हजारौँ व्यवसायी आफ्नो व्यापार व्यवसाय छोड्न बाध्य भएको भन्दै यस क्षेत्रमा भएको पलायन रोक्न निषेधाज्ञाको विकल्प खोज्नुपर्ने बताउनुभयो । “व्यापार व्यवसाय सञ्चालन गर्न नपाउँदा घरभाडा, वित्तीय संस्थाको ऋण, व्याज, कर, तलबलगायत कुराहरुले व्यवसायी मानसिक तनावमा परेका छन्, व्यापार व्यवसायको वातावरण मिलाउन आग्रह गर्दछौँ”, उहाँले भन्नुभयो ।

सङ्घले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरी व्यवसाय सञ्चालनको वातावरण मिलाउन अनुरोधसमेत गरेको छ । सङ्घले उपत्यकामा पिसिआर परीक्षणको दायरा बढाउनसमेत माग गरेको छ ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया