सहकारीले संस्थागत पूँजीको ५० प्रतीशत उत्पादनमूलक कार्यमा लगाउनुपर्ने मन्त्री अर्यालको भनाई
प्रकाशित मिति
२०७७ श्रावण ३२ गते, आईतवार ०४:०५
काठमाडौं, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्थागत पूँजी ५ प्रतिशत भन्दा बढी भएका सहकारीले संस्थागत पूँजीको ५० प्रतिशत उत्पादनमूलक कार्यमा लगाउनुपर्ने बताउनुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकून)को ३३ औं स्थापना दिवसको अवसरमा आइतबार आज काठमाडौंमा आयोजीत कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।
सहकारी ब्यवसायिकतामा लैजाउ र रोजगार सिर्जना गर्ने खालका प्रकृतिका काम गरौं भनिरहेका बेला अब बाध्यकारी नियम ल्याएर सहकारीलाई व्यवसायिकतामा लगाउनुपर्ने मन्त्री अर्यालको भनाई छ ।
संस्थागत सवलीकरणमा विशेष जोड दिँदै उहाँले सहकारीले आफ्ना सदस्यहरुको हित पहिलो शर्त बनाउनुपर्ने स्पस्ट पार्नु भयो । विपन्न वर्गलाई सहकारीमा आवद्ध गराई स्वरोजगारका अवसर दिई जिविकोपार्जनका आधार तयार गर्नुपर्ने भन्दै उहाँले सहकारीतामा व्यवसायिकता आउनका निम्ती अनिवार्य व्यवस्था गर्नैपर्ने बताउनुभयो ।
ब्याजको सन्दर्भमा छलफल गरेर जानुपर्ने भन्दै मन्त्री अर्यालले सहकारीमा सबैभन्दा कम ब्याज हुनुपर्ने हो, तर सबैभन्दा बढी भयो भन्ने गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
अबको सहकारी क्षेत्र अनुदान वितरणबाट नभएर उत्पादन र रोजगारीमार्फत स्थापित हुने दिशातर्फ लाग्नुपर्ने उहाँको भनाई थियो ।
सहकारीको मूल उद्देश्यभ नेको नाफा कमाउनु नभएर सदस्यहरुको आर्थिक तथा सामाजिक स्तर उकास्नु रहेको भन्दै मन्त्री अर्यालले मुलुकको अर्थतन्त्र निर्माणमा सहकारीको योगदान बढाउन सहकारी अभियान थप क्रियाशिल हुदै जाने बताउनुभयो ।






प्रतिकृया