• ६ असोज २०८३, मंगलबार
  • १ः२२ दिउँसो

धादिङमा पहिरोपीडितको उद्धार

प्रकाशित मिति

२०७७ श्रावण ३२ गते, आईतवार ०४:१२

धादिङ, रुबीभ्याली गाउँपलिका वडा नम्बर १, २ र ३ का पहिरो पीडितको उद्धार गरिएको छ । छ परिवार।लाई गाउँपालिकाले उद्धार गरी वडा नम्बर २ स्थित तिप्लिङ ठूलो गाउँमा राखिएको गाउँपालिका – २ का वडाध्यक्ष पेम्बा घलेले बताउनुभयो ।

National Life

उद्धार गरिएकाहरुमा ओममाया तामाङ घले, सिंथापा तामाङ, लीलसिं तामाङ, कामी घले, सुप्पा घले र कान्छीमाया तामाङको परिवारलाई गाउँमा राखिएको हो । घरमाथि आएको पहिराले घरमा बस्न नसकिने भएपछि उनीहरुलाई गाउँपालिकाले उद्धार गरेको हो । उनीहरुको घरगोठमा क्षति पुगेको छ ।

गाउँमा पानी परिरहेकाले घरमा भएको अन्नपात र भाँडासमेत झिक्न नसकिएको वडाध्यक्ष घलेले टेलिफोनबाट जानकारी दिनुभयो । सो परिवारलाई चामल, दाल, नुन र तेल गाउँपालिकाले वडा कार्यालयमार्फत उपलब्ध गराएको हो ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया