सरकार म रोजगार कि बेरोजगार
प्रकाशित मिति
२०७७ श्रावण २४ गते, शनिबार ०५:५६
प्रणय सुबेदी
काम गर्दिन भनौं भने फुर्सद पनि त्यति छैन। दिनचर्या सधै जसो देशको देशको भबिस्य सङ जोडिएको हुन्छ।भोलिका देश परिबर्तनका संबाहक उत्पादन गर्नमा लामो समयदेखी ब्यस्त नै छु। अब काम गर्नी मान्छेको कमाइ कति छ त भन्दा सधै नै मौन बस्नुपर्छ।
दैनिक घन्टौ अनलाइन क्लास मा बित्ने गर्दछ। निजि शैक्षिक संस्थाले अनलाइन कक्षा सन्चालन गरेको पनि धेरै समय भैसकेको छ। केही समय प्याब्सन र नेसनल प्याब्सनले शिक्षकको तलबको लागि भनेर अनलाइन कक्षा बन्द पनि गरियो र अहिले पुन कक्षा सन्चालन गर्दा शिक्षकले के कति तलब सुबिधा पाए त रु हाल निजि बिध्यालयको लागि शिक्षक भनेको पैसा उठाउने माध्यम र श्रम शोषण को राम्रो एजेन्डा बनिरहेका छन।।
बिध्यालय प्रसासन र सन्चालक बिध्यार्थी सन्ख्या मा कमि आउने होकि भन्ने चिन्ताको कारणले शिक्षकलाइ रात दिन कक्षा सन्चालनको निर्देशन दिनमा नै ब्यस्त छन। काम लागाउन आफू निर्देशन दिन सक्ने तर तलब सुबिधा दिन सरकारको सहयोह गुहार्ने र निर्णय चाहिने अडानको बिचमा बिचरा बनिरहेका छन निजि बिध्यालयका शिक्षक।
घाटामा शिक्षक , अभिभाबक सबैले मिलेर सहनुपर्ने तर नाफामा सन्चालक आफू मात्रै रमाउने यहि हो त शिक्षा जस्तो संबेदनसिल र देशको भबिस्य निर्माणमा अहोरात्र खटिने शिक्षक हरु प्रतिको न्याय ।। अनि शिक्षक को योगदानको उचित मुल्यांकन यहि हो तरु देशको लागि हजारौ दक्ष जनशक्ति उत्पादन गरेर कपाल फुलेको बूढो शिक्षक आज आफ्नो पुर्पुरोमा हात लगाएर आफ्नो पेशा लाई धिकार्न बाध्य छ।। के अब शिक्षक आफु मरेरै भएनी बिध्यालय बचाइदिरनु पर्नी होरु बिध्यालएको कुनै भुमिका र कर्तब्य रहदैन र आफ्नो परिवार प्रतीरु यसको जवाफ र समस्याको समाधान कुन निकायले गर्दिन्छ त अब। अहिले शिक्षकको गुनासो सुन्ने ठाउँ कतै छैन।
म दैनिक घन्टौ काम गर्छु तर पारिश्रमिक पाउदिन
निशुल्क सेवा दिदा समाजसेबी को दर्जा पनि पाउदिन
जागिर गर्छु भनौ भने आम्दनी पनि छैन
सेवा गर्छु भनौ अभिभाबकले शुल्क तिरेका छन।
सरकार अब मलाइ भनिदिन पर्यो म रोजगार छु कि बेरोजगार।।।।।






प्रतिकृया