• 1:36 pm

कोरोना नियन्त्रणमा नखटिने २५ स्वास्थ्यकर्मी पक्राउ

प्रकाशित मिति

२०७७ श्रावण १६ गते, शुक्रबार ०७:२५

बीरगञ्ज । कोरोना नियन्त्रणमा नखटिने पर्साका २५ जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । उनीहरुलाई बीरगञ्ज महानगरपालिकाले कोरोना नियन्त्रणका लागि खटाएको भएपनि काममा नआएकाले बिहीबार पक्राउ गरिएको हो ।

उनीहरुले बिभिन्न बाहाना देखाएर काम छल्दै आएका थिए । बिपदको बेला समेत काम छल्ने कर्मचारीलाई नियन्त्रणमा लिन आदेश प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको छ । यो समाचार आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

प्रतिकृया