• ७ असोज २०८३, बुधबार
  • ५ः१८ बेलुका

पहिरोका कारण बारपाकमा ६९ घरपरिवार विस्थापित, ६ विद्यालयमा क्षति

प्रकाशित मिति

२०७७ श्रावण ८ गते, बिहीबार ०८:४६

गोरखा , केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा ६९ घरपरिवार विस्थाापित भएको छ ।

National Life

गाउँपालिकाको वडा नं १ र २ बाहेकका सबै वडाका गरी पहिरोका कारण ६९ घरपरिवार विस्थापित भएका गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिएका छन् ।

पहिरोले वडा नं ३ को चित्रे भञ्ज्याङ, चिसापानी, काफलडाँडाका चार घरपरिवार विस्थापित भएको उनले जानकारी दिए । त्यस्तै वडा नं ४ को जौवारी, जेडाँडा र अर्चलेकालगायतका स्थानका १० घरपरिवार पहिरोका कारण विस्थापित भएका अध्यक्ष भट्टको भनाइ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

पहिरोका कारण वडा नं ५ को पतेनाबारी र डुम्रेका चार घरपरिवार, वडा नं ६ को मसार र डाँडाका १४ घरपरिवार, वडा नं ७ को च्याजी पोखरी र डुम्रे र बालुवाका गरी १८ घरपरिवार विस्थापित भएको भट्टले बताए ।

गाउँपालिका अध्यक्ष भट्टका अनुसार वडा नं ८ को तीनखण्डे, जराङलगायतका स्थानका १९ घरपरिवार पहिरोले विस्थापित भएका छन् ।

भट्टका अनुसार निरन्तरको वर्षापछि आएको पहिरोले गाउँपालिकाभित्रका ६ वटा विद्यालयमा क्षति पुगेको छ ।

पहिरोले वडा नं ६ ताकुकोटमा रहेको सूर्यज्योति माध्यामिक विद्यालय र मनास्लु आधारभूत विद्यालय बहकोटको भवनमा क्षति पुगेको उनले बताए ।

त्यस्तै वडा नं ४ सौरपानीमा रहेको मूलदेवी आधारभूत विद्यालय, हिमालय माध्यामिक विद्यालय, वडा नं २ बारपाकस्थित कन्यादेवी आधारभूत विद्यालय, वडा नं ३ शिम्भुमा रहेको शिव आधारभूत विद्यालयमा पनि पहिरोले क्षति पुर्‍याएको भट्टले जानकारी दिएका छन् ।

प्रतिकृया