• ८ असोज २०८३, बिहीबार
  • ८ः२४ बिहान

पहिरोले ४ वटा गाडी पुर्‍यो, ३ वटा त्रिशुलीमा बगे

प्रकाशित मिति

२०७७ श्रावण ५ गते, सोमबार ०५:१६

काठमाडौं, लगतार परेको झरीका कारणले देशका विभिन्न ठाउँमा बाढी र पहिरो गइरहेको छ । यसैगरी आज धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो जाँदा ४ वटा गाडी पुरिएका छन् । साथै ३ वटा गाडी त्रिशूलीमा बगेका छन् ।

National Life

हुग्दी खोला र बाँदरेभिरको बीचको क्षेत्रमा आएको पहिरोले ४ वटा गाडी पुरेको हो भने पहिरोमा परेका ३ वटा गाडी त्रिशूलीमा बगेको तर कुनै मानवीय क्षेति नभएको धादिङ प्रहरीले जनाएको छ । गाडीबाट मानिसलाई निकालेर सुरक्षित स्थानमा सारिएको र रोकी राखेको गाडी पहिरोले पुरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार पहिरोमा एउटा कार, २ डिआई गाडीसहित ४ वटा गाडी पुरेको छ । यस्तै, २ वटा डिआई गाडी र एउटा मिनी ट्रक पहिरोमा बगेर त्रिशूलीमा खसेसँगै बगेर बेपत्ता भएको छ । वर्षा नरोकिएका कारण अहिले पनि त्यस क्षेत्रमा पहिरो खस्नेक्रम जारी रहेको र घटनास्थलमा प्रहरी पनि परिचालन भइसकेको डिएसपी खड्काले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया