• २१ भदौ २०८३, आइतबार
  • १०ः४५ राती

राष्ट्रपति भण्डारीलाई अध्यक्षद्वय ओली-दाहालको संयुक्त भेटवार्ता

प्रकाशित मिति

२०७७ श्रावण ४ गते, आईतवार ०६:५५

 

National Life

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो साँझ भेटवार्ता गरेका छन् ।

पार्टीको सचिवालय बैठक सकिएलगत्तै अध्यक्षद्वयले राष्ट्रपति भवन शीतलनिवास पुगेर भेटघाट गरेका हुन् । भेटवार्ताका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।

Classic Tech Desktop

करिव पौने दुई घन्टा राष्ट्रपतिसँग दुई अध्यक्षहरुको के विषयमा छलफल भयो भन्नेबारे विस्तृत जानकारी प्राप्त नभए पनि नेकपाको विवाद जसरी भए पनि सहमतिमै अघि बढाउनेबारे शीतलनिवासमा परामर्श भएको बुझिएको छ।

नेकपाको शीर्ष तहमा देखिएको विवाद समाधानका लागि छलफल जारी रहेका बेला आज सचिवालय बैठकसमेत बसेको थियो । आजको सचिवालय बैठक विवाद समाधानका लागि सकारात्मक दिशातर्फ अघि बढेको जनाइएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले हिजोको बैठकले पार्टीमा देखिएको संकट समाधान गर्न छलफल जारी राख्ने निष्कर्ष निकालेको जानकारी दिएका छन् ।

शीर्ष नेताबीच सरकार र पार्टी सञ्चालनका विषयमा एकमत नहुँदा यसअघि पटकपटक स्थायी कमिटी बैठक स्थगन हुँदै आएको छ ।

असार १० गतेदेखि शुरू भइ पटक–पटक स्थगित हुँदै आएको सचिवाल बैठक आइतबारसम्मको लागि सारिएको छ । सचिवालय बैठकअघि अध्यक्षद्धय ओली र प्रचण्डबीच छलफल भएको थियो ।

ओली दुवै पदबाट राजिनामा नदिने अडानमा राखेपछि अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले पक्षले भने ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब दिँदै आएका छन् । राजीनामाको विषयलाई लिएर नेकपाभित्र तीन सातादेखि विवाद चुलिएको छ।

प्रतिकृया