• २० भदौ २०८३, शनिबार
  • १०ः०९ बिहान

मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन) द्वारा गुण्डूमा छलफल सम्पन्न

प्रकाशित मिति

२०७७ श्रावण २ गते, शुक्रबार ०८:०१

भक्तपुर, मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन) ले पारस्पारिक जवाफदेहिता परियोजना भक्तपुर अन्तर्गतको स्थानीय संरचनाका प्रतिनिधिहरुको शुक्रवार अन्तक्रिर्या गरेको छ ।
उक्त कार्यक्रममा हेड कोलिस भक्तपुरको पुनःर्गठनका लागि नेपाल पत्रकार महासंघ भक्तपुरसँग छलफल गर्ने, आगामी दिनमा इह्रिकनले कार्य गर्दा पत्रकार महासंघ र गैरसरकारी संस्था महासंघसँग समन्वय गर्दै सञ्चारको भूमिका अभिबृद्धि गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्ने गरी सरोकारवालासँग छलफल गरिएको थियो ।

National Life

कोभिड १९ को संक्रमण फैलन नदिनका लागि सामाजिक दुरी कायम गर्दै सरोकारवाला निकायसँग निरन्तर छलफल गर्दै आगामी दिनमा योजना निर्माण गर्ने निर्णय भएको मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन) भक्तपुरका कार्यक्रम अधिकृत.मदन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय संरचना रेडियो श्रोता क्लब समूह, स्थानीय सरकारसँग समन्वय गराउन युवा समूह लगातका समुदाय स्त्तरका निकायसँग आवश्यक समन्वय गरिनेछ । छलफल कार्यक्रममा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालका कार्यक्रम संयोजक पञ्कजप्रसाद देवकोटाले हामी सबैले जुनसुकै माध्यमबाट भए पनि नागरिकका आवाज सम्बन्धित निकायमा पु¥याउने गरी काम गर्नुपर्ने बताउनुभयो ।

Classic Tech Desktop

सो अवसरमा गुण्डू रेडियो श्रोता क्लबका संयोजक गणेश वाग्लेले रेडियो श्रोता क्लबले उठाएका कतिपय सवाल सूर्यविनायक नगरपालिकाले कार्यान्वयन गरेकाले श्रोता क्लबलाई थप शसक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालका आगामी दिनमा सरोकारवाला निकायसँग निरन्तर छलफल गर्ने समेत आन्तरिक तयारी गरिएको छ ।

प्रतिकृया