• ७ असोज २०८३, बुधबार
  • ११ः०७ बिहान

तोलामा ५ सयले घट्यो सुनको मूल्य

प्रकाशित मिति

२०७७ श्रावण २ गते, शुक्रबार ११:४२

सुनचाँदीको मूल्य

काठमाडौं, साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

बिहिबार तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी तोलामा १० रुपैयाँ घटेर आज तोलाको ९ सय ९५ रुपैयाँ भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ १२ डलरले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि त्यसको प्रभाव परेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया