• 6:39 pm

डा. इवामुरा अस्पतालको “हरियो चुरा प्याकेज”, यस्ता छन् सेवा सुविधा

प्रकाशित मिति

२०७७ श्रावण १ गते, बिहीबार ०१:१६

काठमाडौं, नारी परिवारको एक अभिन्न अंग हो । नारी आमा , छोरी , बुहारी , सासु , श्रीमती इत्यादीको रुपमा रहेको हुन्छ । नारीले परिवारलाई स्वस्थ बनाउन महत्वपुर्ण भुमिका खेलेको हुन्छ । स्वस्थ नारीको परिकल्पनाबाट मात्र स्वस्थ परिवार बन्छ र स्वस्थ परिवारले नै स्वस्थ समाज बन्छ ।

हाम्रो समाजमा अझै पनि रोग लुकाउने चलन रहेको पाईन्छ । सामान्य रुपमा जाँच गराउदा निको हुने खालको कतिपय रोगहरु विकराल रुप लिएपछि मात्र स्वास्थ्य संस्थामा पुग्ने गर्दछ । यहि कुरालाई मध्य नजर गदै सम्पुर्ण नारीहरुको स्वास्थ्यको ख्याल गर्दै इवामुरा अस्पतालले यो श्रावण समर्पित गर्दछ ।

नारीहरुको सम्मानमा डा. इवामुरा अस्पतालले “हरियो चुरा प्याकेज” ल्याएको छ । यस अन्र्तगत स्त्री बिषेशज्ञद्धारा चेक जाँच र भिडियो एक्सरेमा ५० प्रतिशत र अन्य सेवाहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको , सो अस्पतालका बजार व्यवस्थापक जीवन मारिखुले जानकारी दिनुभएको छ ।

२०२० गाइनो क्याम्प ३६५ मा नाम टिपाइसक्नु भएका नारीहरुका लागि निः शुल्क स्त्री बिषेशज्ञद्धारा जाँच गराइन्छ । साथै डा. इवामुरा अस्पतालमा अनलाइन ओ.पि.डी सेवा र अनलाइन ल्याब रिपोर्ट डेलिवरी सञ्चालनमा आइरहेको जानकारी गराइन्छ ।

प्रतिकृया