• २२ भदौ २०८३, सोमबार
  • ७ः०८ बेलुका

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

प्रकाशित मिति

२०७७ असार २७ गते, शनिबार ०५:४५

 

National Life

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगम सञ्चालक समितिको हिजो बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा रु एक-एकका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

Classic Tech Desktop

नयाँ मूल्यानुसार अब काठमाडौंँमा पेट्रोल प्रतिलिटर रू १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर रू ८८ मा बिक्रीवितरण हुने भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए तापनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन्।

वृद्धि भएको मूल्य गए राति १२ बजेदेखि लागू हुने जानकारी दिएका छन् ।

प्रतिकृया